दफा ८
कारवाई र पुनरावेदन
(१) दफा ७ बमोजिम तोकिएको अदालत र दफा ६ को उपदफा (२) बमोजिम तोकिएको अधिकारीले विशेष अदालत ऐन, २०५९ अन्तर्गतको कार्यविधि अपनाई कारवाई गर्न र मुद्दा मामिलामा आवश्यकता अनुसार दौडाहा इजलास कायम गर्न तथा गाउ“पाकिला वा नगरपालिकाको सदस्यलाई रोहवरमा राखी प्रचलित कानुनबमोजिम सरजमीन गर्न गराउन सक्नेछ । तर पूर्पक्षको सिलसिलामा अभियुक्तलाई थुनामा राख्ने अधिकार तोकिएको अधिकारीलाई हुनेछैन ।
(२) दफा ६ को उपदफा (२) अन्तर्गत तोकिएको अधिकारीले दिएको आदेश उपर तोकिएको अदालतमा पुनरावेदन लाग्नेछ ।
(३) उपदफा (२) अन्तर्गत दफा ६ को उपदफा (१) अन्तर्गत तोकिएको अदालतले गरेको सजाय उपर उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।